वडा अध्यक्ष नै लागूऔषध मुद्दामा पक्राउ

नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङ्गलाई लागूऔषध मुद्दामा अदालतबाट कैद तोकिएकोले पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतले गत जेठ २७ मा ३ वर्ष कैद र २५ हजार जरिवाना हुने फैसला गरेको थियो । अदालतको फैसला भए पनि तामाङ्ग फरार भएका थिए ।
तामाङलाई पक्राउ गरी आज आइतबार नै काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।