घुम्ती स्वास्थ्य शिविर सम्पन्न

हेटौडा न्युज
२८ कार्तिक २०७६, बिहीबार १८:०६
;

मकवानपुर गढीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ । युवा सेवा समाज(युसेस) मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारीमा शिविर आयोजना गरिएको हो । मकवानपुर गढी गाउँपालिका ४ स्थित शहीद रुद्र स्मृति सामुदायिक स्वास्थ्य ईकाइ कार्यालयको  भवनमा आयोजित स्वास्थ्य शिविरमा ८९ जनाले सेवा लिएका थिए । शिविरमा छ बर्षकी बालिकादेखी ७७ बर्षका बृद्धसमेत रहेको युसेसका अध्यक्ष बुद्धशरण लामाले बताए । उनका अनुसार स्वास्थ परिक्षण पश्चात् बिरामीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको छ ।
""विशेष गरी  दाँत सम्बन्धि स्वास्थ्य समस्या भएकाले सेवा लिएको शिविरमा दन्त चिकित्सक डा. अरिफ करिम र अन्य समस्या हुनेका लागि फिजिसियन डा. सन्ध्या अधिकारीले सेवा प्रदान गरेका थिए । शिविरको स्थानीय संयोजनमा सृजनशील समाज बचत तथा ऋण सहकारी संस्था रहेको थियो । शिविरको गढी गाउँपालिका ४ का वडा अध्यक्ष रामप्रसाद तिमिल्सिना, गाउँपालिकाको स्वास्थ इकाई प्रमुख विदुर लामिछाने र सृजनशील समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण बिडारीलगाएतले निरिक्षण गरेका थिए ।

सञ्चारकर्मी अशोकसुजन श्रेष्ठको सहयोगमा । 

यसमा तपाइको मत

Your email address will not be published.


*