प्रहरीद्वारा १ केजी नक्कली सुन सहित दुईजना पक्राऊ

हेटौडा न्युज
२९ कार्तिक २०७६, शुक्रबार २०:००
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ केजी नक्कली सुन सहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा–१ स्थित त्रिभुवन राजपथ सडक खण्डमा भैसेबाट हेटौंडातर्फ आउँदै गरेको बा. ९३ प ९०६ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई चेकजाँचको क्रममा नक्कली सुनसहित प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले मोटरसाईकल चालक दोलखा जिरी–३ का ४७ वर्षीय ध्यालसिंह शेर्पा र पछाडी बसेका मकवानपुर राक्सिराङ्ग–४ का अभयकुमार थिङलाई नक्कली सुनसहित पक्राउ गरेको हो । 

प्रहरीले यस अघि पनि उनीहरुले विभिन्न स्थानमा नक्कली सुन देखाई ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको बताएको छ । पक्राउ परेका दुवैजनालाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*