फाखेलको प्रहरी चौकी डिआईजी बस्नेतद्वारा उद्घाटन

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा अवस्थित नवनिर्मित प्रहरी चौकीको प्रदेश ३ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) शेरबहादुर बस्नेतले उद्घाटन गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको एक करोड ५७ लाख ६ हजार ५ सय ५५ रुपैँया आर्थिक सहयोगमा निर्मित ३ तल्ले प्रहरी चौकीमा ११ वटा कोठाहरु रहेका छन् । नवनिर्मित भवनमा प्रशासन कोठा , ब्यारेक, मेश र शौचालय रहेका छन् ।
कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, वडा नम्बर ४ का वडा अध्यक्ष धनवीर स्याङ्गतान, वडा नम्बर १ का वडाध्यक्ष जमानसिं लामा, राष्ट्रिय अनुसन्धान कार्यालय हेटौडाका निर्देशक कमल थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंह, रातोमाटे प्रहरी गणका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल, ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकाल, इलाका प्रहरी कार्यालय पालुङ्गका प्रहरी निरीक्षक लोकबहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका शाखा अधिकृत मदन लामा, प्रदेश ३, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा सो प्रहरी चौकी निर्माणलाई जग्गा प्रदान गर्ने धनवीर स्याङ्गतान, मानवीर स्याङ्गतान, भीमबहादुर स्याङ्गतान र भवन निर्माण गर्ने ठेकेदार कम्पनी पवित्र मल्टिपल कन्ट्रक्सनका उमेश लामालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।