एसीड आक्रमणकारी केशरी जेल चलान

हेटौडा न्युज
११ मंसिर २०७६, बुधबार ०१:५६
;

जिल्ला अदालत मकवानपुरले हेटौंडा बजारको पिपलबोट चोकमा एसीड आक्रमण गर्ने दिलिपराज केशरी र उनलाई सहयोग गर्ने सञ्जय मण्डललाई पुर्पक्षका लागि भीमफेदी जेल चलान गरेको छ । अदालतले एसिड प्रकरणका मुख्य अभियुक्त

""भारतीय नागरिक दिलिपराज केशरी र मतियार (सहयोगी) सञ्जय मण्डललाई भीमफेदी कारागार पठाईएको हो । आफूसँग विवाह गर्न आग्रह गरेको तर, सो प्रस्ताव अस्वीकार गरेपछि हेटौंडा पिपलबोट चोकमा पसल सञ्चालन गर्दै आएकी विन्दवासीनी कंशाकारमाथि भारत महाराजगञ्ज, अमरपूर्वन वडा नम्बर ६ का केशरीले २०७० साल बैशाख ९ गते तेजाव प्रहार गरी फरार भएकोमा गत मंसिर दोश्रो साता प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत मकवानपुरमा प्रतिवादी केशरीको तर्फबाट अधिवक्ता युवराज वली र मण्डलको तर्फबाट अधिवक्ता मदनकुमार दहाल र पीडित कंशाकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता हरिप्रसाद भट्टले थुनछेक बहस गरेका थिए । पीडित कंशाकारको उपचारमा करिब ८० लाख रुपैया खर्च भइसकेको पीडित परिवारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*