मनहरी र हेटौंडामा इन्सेकले ३ बर्षे कार्यक्रम गर्ने
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मकवानपुरको मनहरी गाउँपालिकामा सञ्चालन गर्ने तीनबर्षे परियोजनाबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई कार्यक्रम बारे जानकारी गराएको छ ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, सबै वडाका अध्यक्षहरु, शिक्षा, स्वास्थ, कृषि शाखाका प्रमुख, बिद्यालयका प्रध्यानाध्यापक, सञ्चारकर्मीलाई परियोजनाबारे जानकारी गराएको हो ।
इन्सेकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका गरी दुइवटा स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा पैरवी गर्नेगरी तीनबर्षे कार्यक्रम सञ्चालन गर्न लागेको परियोजना संयोजक गणेश भण्डारीले जानकारी दिएका छन् । मनहरी गाउँपालिकाको करीब ३० प्रतिशत क्षेत्र विकट र चेतनाको स्तरसमेत न्यून रहेकोले परियोजना सञ्चालनले फाईदा पुग्ने अपेक्षा गरिएको छ । परियोजना संयोजक गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सहजकर्ता सरीता दाहालले सहजीकरण गरेकी थिईन् ।