२५ केजी चरेश सहित २ जना पक्राऊ 

हेटौडा न्युज
१६ मंसिर २०७६, सोमबार १७:३९
;

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले २५ केजी चरेश सहित २ जनालाई पक्राऊ गरेको छ । पालुङ्गबाट हेटौंडातर्फ आउँदै गरेको बा. २५ प ८७८३ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा भीमफेदी गाउँपालिका वडा नम्बर–२, भैंसेचोकमा मोटरसाईकलको तेल ट्यांकीमा फल्स बटम बनाई लाकाएर ल्याइएको अवस्थामा लागूऔषध चरेश बरामद गरेको हो । 

""
पक्राउ पर्नेमा भारत बिहार, मोतिहारी सिसुवा ग्राम वडा नम्बर–२ बस्ने बर्ष २५ का राजेश यादव र बर्ष १८ का ऋषिकुमार यादवलाई रहेका छन् ।  प्रहरी चौकी भैंसेबाट प्रहरी नायब निरीक्षक दिलिपकुमार सिंहको प्रहरीका अनुसार मोटरसाईकलको सीटको तल फल्स तेल ट्ंयाकी बनाई, वास्तविक तेल ट्यांकी भित्र लागूऔषध चरेश लुकाएको अवस्थामा फेला हो  । 

पक्राऊ परेकाहरु उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ देखि १० बर्ष कैद र १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published.


*