४ तोला लुटिएको सुनसहित १ जना पक्राऊ

हेटौडा न्युज
१६ मंसिर २०७६, सोमबार १७:४२
;

हेटौंडा बजारको सुन पसलबाट लुटेएको ४ तोला सुनसहित रङ्गेहात १ जनालाई मकवानपुर प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा भीमफेदी वडा नम्बर–८ का बर्ष १८ का सुरज ओली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौंडा–१० बसर्पाक स्थित केदारनाथ सुनचाँदी पसलमा ग्राहकको भेषमा आएर ३ तोला ११ लालको सुनको सिक्री, १ तोला ७ लालको सुनको ब्रासलेट लुटी ना. ४३ प ८२६४ नम्बरको मोटरसाईकलमा भाग्दै गर्दा पक्राऊ गरेको जनाएको छ । पक्राm परेका उपर आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published.


*