माग अनुसारको मुआब्जा नदिए पछि आरुघाट बजार बन्द
बुढीगण्डकी आयोजनाले आफ्नो माग अनुसारको मुआब्जा नदिएको भन्दै गोरखा आरुघाटका बासिन्दाले आरुघाट बजार बन्द गरेका छन् । आयोजनाले निर्धारण गरेको मुआब्जा निकै कम भएकोले स्थानियले चोकचोकमा टायर बालेर प्रदर्शनसहित आन्दोलन सुरु गरेका हुन् ।
पुरानो व्यापारिक केन्द्र, गोरखा हुँदै चीन जाने सडक र मध्यपहाडी लोकमार्गले समेतले जोडेको आस्घाट बजारक्षेत्रको जग्गाको मुआब्जा २५ लाख रुपैयाँसम्म निर्धारण हुनुपर्ने माग राखेका छन् तर मुआब्जा निर्धारण समितिले आनाको अधिकतम ७ लाख रुपैयाँसम्म निर्धारण गरेको छ ।
समितिले डुबानमा पर्ने बजारक्षेत्रको जग्गालाई ४ समूह र ६ उपसमूहमा विभाजन गरेर ५० हजारदेखि बढीमा ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।