गढीमाई मेलामा दर्शनार्थीको भीड, सुरक्षाकर्मीलाई हम्मेहम्मे 

हेटौडा न्युज
१८ मंसिर २०७६, बुधबार १६:०२
;

एक महिनासम्म चल्ने विश्वप्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भीड लागेको छ । बाराको बरियापुरमा सुरु भएको मेला विश्वमै सबैभन्दा बढी बलि चढाउने मेलाको प्रसिद्ध छ ।

मंगलबार बिहान पञ्चबलीसहित विशेष पूजा गरेसँगै गढीमाइ मेला सुरु भएको हो । नेपाल तथा भारतबाट आउने दर्शनार्थीहरुको भीड बढेसंगै मन्दिरको १५ किलो मिटरसम्मको क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई समेत व्यवस्थापनमा सकस परेको छ । हरेक पाँच वर्षमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलामा मंगलबारबाट चौपाया बलि दिने क्रम सुरु भएको हो । बारा पर्साका विभिन्न नाकाहरुबाट हजारौंको संख्यामा भक्तजनहरू ट्याक्टर, जीप, कार, भ्यान, मोटरसाइकलबाट आइरहेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि भने बलि प्रथालाई निरुत्साहित बनाउने अभियानमा लागेको मेला मूल समितिको भनाइ रहेको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*