महोत्तरीमा पिकअप भ्यान दुर्घटना २ जनाको मृत्यु, १६ जना घाइते

महोत्तरीको माईस्थानमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ४ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गतको महोत्तरीको माईस्थानमा पिकअप भ्यान अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते घाइते भएका छन् ।
गढीमाई मेलाबाट फर्कंदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो । दुर्घटनामा धनुषाधाम नगरपालिका-२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय नागरिक ६५ वर्षीया बर्तनीया देवी महतो बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।