चिकित्सा शिक्षाको अतिरिक्त शुल्क फिर्ताको माग गरेका विद्याथीद्वारा परीक्षा बहिस्कार 

हेटौडा न्युज
१८ मंसिर २०७६, बुधबार २३:०५
;

चिकित्सा शिक्षामा लगाइएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका छन् ।

नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले प्रथम बर्षको परीक्षा बहिस्कार गरेका हुन् । प्रथम बर्षको परिक्षा मंसिर १९ गते बिहीबारबाट परीक्षा हुँदैछ ।

 
चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी सहित प्रवेश पत्र जलाएका छन् । गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भए पनि सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै परीक्षा बहिस्कार गरेको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ ।

सरकारले माग पूरा गरे मात्र फेरि परीक्षा दिने संघर्ष समितिले जनाएको छ भने यो विषयमा सरकार गम्भीर नभए सबै कलेजका विद्यार्थीहरु काठमाडौँ  आएर आन्दोलन गर्ने चेतावनि समेत दिएकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*