काठमाण्डौको न्यूनतम तापक्रम ५.५ डिग्री, तराइमा हुस्सु कुहिरो सहित चिसो

काठमाण्डौ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस पुगेको छ । तापक्रम घटिरहेकाले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाडौं उपत्यकाको आज बिहान साढे ६ बजेकोे तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । काठमाडौं उपत्यकाको बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री सेल्सियस तापक्रम घटेको हो । सबैभन्दा कम तापक्रम माइनस ४ डिग्री सेल्सियस जुम्लामा मापन गरिएको छ ।
तराई मधेशका जिल्लाहरुमा भने बिहानपख हुस्सु कुहिरोका कारण चिसो बढे संगै भिजिबिलिटी पनि कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढे पनि आगामी २४ घण्टासम्म शितलहरको सम्भावना नरहेको महाहाखाले जनाएको छ ।