पाल्पाको चौबिसमाइलमा भीरबाट जिप खस्दा दुई जनाको मृत्यु

हेटौडा न्युज
१९ मंसिर २०७६, बिहीबार १७:५०
;

तानसेन–बुटवल सडकखण्ड जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको जीप तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट खसेको हो । 

लु १ ज ४२०९ नम्बरको जीप सडकबाट ५ सय मिटरभन्दा तलसम्म पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीनगर यातायात व्यवसायी समितिको जीप रहेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*