७७ जिल्लामध्ये ६ जिल्लामा महिला सिडियो 

हेटौडा न्युज
१९ मंसिर २०७६, बिहीबार २१:३५
;

सरकारले छ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा महिलालाई खटाएको छ । सरकारले हुमकला पाण्डेलाई भक्तपुर, लिलाकुमारी केसी पाण्डेलाई रामेछाप, कल्पना घिमिरे नेपाललाई पर्वत, गोमादेवी चेम्जोङलाई  सिन्धुपाल्चोक, दुर्गा बन्जाडेलाई जुम्ला र विनिता भट्टराइलाई हुम्लाको सिडिओ खटाइएको हो ।

सरकारले यसै मंसिर १४ गते भएको उपनिर्वाचनपछि भक्तपुरमा सहसचिव हुमकलालाई सिडिओ नियुक्त गरेको थियो ।

यस्तै, सहायक महिला सिडिओहरूमा काभ्रेमा लक्ष्मीदेवी खतिवडा हुमागाईं, सिन्धुलीमा विजयाकुमारी प्रसाईं, रसुवामा सपनाकुमारी भट्टराई र डोल्पामा लक्ष्मीदेवी शर्मा कार्यरत छन् ।  यससँगै महिला सिडिओको सङ्ख्या छ पुगेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*