भ्रमण वर्षलाई लक्षित गरी पाँच हजार व्यक्तिलाई पर्यटन तालीम
भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल पर्यटन बोर्डले पाँच हजार व्यक्तिलाई पर्यटन तालीम दिने भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले सन् २०२० मा भ्रमण वर्ष मनाउदैछ । बोर्डले पर्यटनसंग सम्बीन्धत विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिने तयारी गरेको छ ।
बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालक, गाउँगाउँमा घरबास सञ्चालन तालीम, अध्यागमन सम्बन्धी सेवा प्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा, ट्रेकिङ गाईड र माउण्टेन लिडर तालीम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकलासम्बन्धी, सरसफाइ र स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्के्टिङ तथा उत्पादन व्यवस्थापन सम्बन्धि तालीम प्रदान गर्न लागेको हो ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरी संचालन गरीने तालिममा विभिन्न पर्यटकीय सङ्घसंस्थाका पाँचहजार व्यक्ति समावेश गरी तालीम प्रदान गर्न लागिएको बोर्डले जानएको छ ।