रामनगरमा बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
चितवनको रामनगरमा बोलेरो गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा आइतबार राति ११ बजे ठक्कर दिएको हो ।
मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका–१० स्थायी ठेगाना भएका जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक छन् ।
पाठक प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।