कोहलपुर घटना विरोधमा काठमाडौंमा प्रदर्शन 

हेटौडा न्युज
२३ मंसिर २०७६, सोमबार १७:४४
;

नेपाल विद्यार्थि संघले कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन सहित  गृहमन्त्रीको समेत राजीनामा माग गरेका छन् ।बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको ठहर गर्दै नेविसंघले काठमाडौंको चाबहिलमा प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनपशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली सहित चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन गरीएको थियो ।
उनीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गर्दै गृहमन्त्रीको समेत राजीनामा मागेका थिए ।

नेविसंघका अनुसार घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिर्ने जस्ता माग सहितका नारा लगाइएका थिए ।

""

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द घाइते भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदा  स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*