दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी

हेटौडा न्युज
२४ मंसिर २०७६, मंगलवार २०:०५
;

दशरथ रंगशालामा नेपाल र भुटनबीच हुने फुटबलको फाइनल हेर्न टिकट खोज्दै पुगेका फुटबल समर्थकमाथि प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीको कुटाईबाट केही फुटबल समर्थक घाइते भएका छन् । 

प्रहरीको लाठी प्रहारबाट समाचार संकलन गरिरहेका केहि पत्रकार समेत घाइते भएका छन् । लाठीचार्ज गरेको भिडियो लिएको भन्दै नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाई घाइते भएका छन् । प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुख र कानमा चोट लागेको छ ।

""

प्रहरीले घेरा हालेर कुटेको भन्दै समर्थकहरुले विरोध गरेका थिए । प्रहरीले दर्शक कुट्न थालेपछि फोटो खिच्न पुगेका पत्रकारमाथिसमेत दुव्र्यवहार गरिएको हो ।

पत्रकार कुटिएकोमा रंगशालामा भेला भएका पत्रकारहरुले आपत्ति जनाएका छन् । सागअन्तर्गत मंगलबार पुरुष फुटबलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published.


*