७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी

हेटौंडामा ७१ औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार प्रभातफेरी र्याली गरिएको छ ।
दिगो विकासको आधार, सबैका लागि मानव अधिकार भन्ने मुल नाराका साथ कार्यक्रम नागरिक समाजको आयोजनामा तथा गैर सरकारी संस्था महासंघको संयोजनमा कार्यक्रम भएको हो । र्याली मकवानपुर उद्योग वाणिज्य संघ अगाडिबाट सुरु भइ नगर परिक्रमा गर्दै बुद्ध चोकमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रदेश प्रमुख कृष्ण गौतम, गैसस प्रदेश ३ अध्यक्ष दामोदर अर्याल, सन्चारिका समूह प्रदेश ३ अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाल लगायतले सभालाई सम्बोधन गरेका थिए ।
मानव अधिकारको घोषणा पत्रमा समावेश भएका सवालहरु निस्शर्त लागु हुनुपर्ने , नगरिकको सामाजिक सांस्कृतिक अधिकार सुनिश्चित हुनुपर्ने , समाज लैङ्गिक हिंसा मुक्त भएमा मात्र मानव अधिकारको प्रत्याभुती हुने पर्ने, महिला बालबालिकाको मानव अधिकार बढी हनन हुन थालेको र दण्डहीनता अन्त्य पहिलो माग रहेको उनीहरुका भनाइ रहेको छ ।