लाईसेन्स नभएका ७० वटा अटो, मयुरी ट्राफिकको नियन्त्रणमा

हेटौडा न्युज
२४ मंसिर २०७६, मंगलवार २२:२४
;

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आज मंगलबार सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएका ७० वटा अटो र मयुरी नियन्त्रणमा लिएको छ । सवारी चालक अनुमति पत्र (लाईसेन्स) नलिई सवारी चलाएको भन्दै मयुरी नियन्त्रणमा लिएको हो ।

हेटौंडा बजार क्षेत्रबाट यति ठूलो संख्यामा सवारी चालक अनुमति पत्र नभएका अटो र मयुरी नियन्त्रणमा लिएको यो पहिलो पटक हो । 
यसअघि कहिलेकाही चेकजाँचका क्रममा भेटेका केही सवारीलाई जरिवाना गरेर छोड्ने गरेको थियो । विगतमा अनुमति पत्र विना सवारी संचालनमा कडाई नगरेको ट्राफिकको यो कदमलाई केहीले शंकाको दृृष्टिकोणले हेरेको व्यवसायीहरु बताउछन् ।

 
उनले ट्राफिकको यो कार्यलाई नाटकको संज्ञा समेत दिएका छन् । ट्राफिक कानून अनुसार नभई आफ्नो मुड अनुसार काम गर्छन् ।
उता ट्राफिक प्रहरी कार्यालय भने पक्राउ गरेका सबै अटो तथा मयुरी चालकलाई प्रति सवारी एक हजारका दरले जरीवाना सहित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएर छाड्ने गरेको बताउछ । 

""
हामीले आप्m्नो कार्यक्षेत्र भित्र रहेर काम गर्ने हो सोहि अनुसार ट्राफिक नियमबारे जानकारी दिने र चालक अनुमति पत्र बनाउन निर्देशन दिनेगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताए ।

यसअघि पनि विभिन्न समयमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) नभएका अटो तथा मयुरी नियन्त्रणमा लिदै आएको ट्राफिक प्रहरीले हिजो सोमबार पनि ५० वटा अटो तथा मयुरी पक्राउ गरी जरीवाना सहित ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएर छोडेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*