प्रहरीले हराएको मोटरसाइकल फेलापारि सम्बन्धित सवारी धनिलाई बुझायो

२५ मंसिर २०७६, बुधबार १९:५१

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको मोटरसाइकल फेलापारि सम्बन्धित सवारी धनिलाई बुझाएको छ ।
गत कार्तिक २८ गते हेटौंडा–४ कान्तिराजपथ स्थित सडक छेउमा रोकेर राखेको अवस्थामा हराएको ना १७ प ८८८९ नंम्बरको मोटरसाइकल फेला पारेर सवारी धनि हेटांडा–५ का एञ्जल मास्केलाइ बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा खोजतलास गर्दा गत मंसिर ६ गते हेटौंडा–४ स्थित सडकमा रोकि राखेको अवस्थामा फेला पारिएको हो ।