सामाजिक सञ्जालमा चिठ्ठा प्रलोभन, १५ करोड ठगीको आरोपमा तिन जना प्रकाउ 

हेटौडा न्युज
२५ मंसिर २०७६, बुधबार २०:३७
;

चिठ्ठाको प्रलोभन देखाउदै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तिन जना प्रकाउ परेका छन् । भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार रहेका छन् । पक्राउ परेका मध्ये खड्का रेष्टुरेन्ट व्यवसायीसमेत हुन् ।

उनिहरु नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गर्दै आएका थिए । नेपालका ठगीका लागि मात्र पिटर र स्मिथले ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको भनाई छ ।

हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको र उनीहरुले रकम कारोबार गर्न प्रयोग गरको बैंकहरु समेत ह्याक भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका र अरु पनि यसरी ठगिएको भए सम्पर्कमा आउन अनुरोध समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*