देशैभरी चिसो बढ्दै, हुम्लामा हिमपात, हवाई उडान बन्द

हेटौडा न्युज
२६ मंसिर २०७६, बिहीबार १७:२५
;

देशैभरी चिसो बढे संगै हुम्लामा हिमपात सुरु भएको छ । हुम्लामा बिहानैदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिमपात संगै बाक्लो कुहिरोका कारण चिसो बढेको छ ।

हिमपातका कारण हवाई उडान समेत बन्द भएको छ । जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।

हिजोदेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढेको हो । उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*