संखुवासभामा अज्ञात समूहले जलायो वडा कार्यालय र स्काभेटर
संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र एक स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार राति १२ बजेतिर आगजनीका गरीएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
अनगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर लगायतका सबै सामान जलेर नष्ट भएको छ । आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले नगरप्रमुख विदुर सुब्बाले बताएका छन् ।
समूहले मादी–ओखरबोटे सडकखण्डमा सडक निर्माणका क्रममा रहेको एक स्काभेटरसमेत जलाएका छन् । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।