रुपन्देहीमा डोजरमा आगजनी, ५ लाख बराबरकको क्षति

हेटौडा न्युज
२६ मंसिर २०७६, बिहीबार १९:५१
;

रुपन्देहीको मदनग्राममा बिहीबार बिहान  पार्किङ गरी राखिएको डोजरमा अज्ञात समूहले आगजनी गरेको छ ।

रुपन्देहीको देवदह नगरपालिका–७ मदनग्राम सामर्थ कन्ट्रक्सन कम्पनी अगाडि पार्किङ गरी राखिएको ना.१ क ३३०० नम्बरको डोजरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगजनीबाट करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*