व्यवसायीको एक करोड ३० लाख निजी लगानीमा पक्की पुल

हेटौडा न्युज
२६ मंसिर २०७६, बिहीबार २०:३९
;

दमौलीका १० जना व्यवसायीले निजी लगानीमा पक्की पुल निर्माण गरेका छन ।

दमौलीको व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने बुल्दीखोलामा एक करोड ३० लाख रकम खर्च गरेर पक्कीपुल बनाइदिएका हुन् । १५ मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेका पुलको नाम दश भाइ पुल राखिएको छ ।

व्यवसायी बुद्धिराज मिश्र, काशीराम श्रेष्ठ, नीरबहादुर ठकुरी, तिलबहादुर थापा, दिलबहादुर दरै, यमबहादुर दरै, किनकुमार श्रेष्ठ, सकिद दरै, सूर्यबहादुर मल्ल र प्रकाश मल्लले जनही १३ लाख रुपैया संकलन गरी पुल निर्माण गरेका हुन् ।

पुल निर्माण कार्य सम्पन्न गरी सकेर उनीहरूले नवनिर्मित पुल शनिबार नगरपालिकालाई हस्तान्तरण समेत गरेका छन् ।व्यवसायीहरूको यस्तो सामाजिक कार्यमा देखाएको सक्रियताको नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले खुलेर प्रशंसा गरका छन् । राज्यले गर्नुपर्ने काम दमौलीका व्यवसायीले गरेर अनुकरणीय कार्य गरेको न्यौपानेको भनाइ छ ।
 

यसमा तपाइको मत

Your email address will not be published.


*