अत्यधिक चिसोले मुस्ताङमा जम्यो पानी,  काठमाडौं उपत्यकामा पानी,चन्द्रागिरीमा हिउँ

हेटौडा न्युज
२७ मंसिर २०७६, शुक्रबार १८:२३
;

देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा भारी हिमपात र पहाडी तथा तराई क्षेत्र वर्षा र शीतलहर संगै चिसो अत्यधिक बढेको छ । 

हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेका छन् । मुस्ताङमा चिसो बढेर तापक्रम माइनस १५ मा झरेको छ । तापक्रम घटेपछि खोला, ताल र धाराको पानी नै जमेको छ ।

चिसोका कारण स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । निजी र सरकारी कामहरु प्रभावित बनेको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा जाडो छल्न पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा झरेका छन् । 

यता काठमाडौं उपत्यकामा पानी परेको छ । पानी परे संगै काठमाडौंमा चिसो बढेको छ । चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ ।

""

भोलिसम्म काठमाडौं उपत्यका लगायतका स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद् को भनाइ छ ।  त्यस्तै तराईका भाग भने शीतलहर र तुवालोको चपेटामा परेका छन् । तवालो लागेपछि तराईका कतिपय जिल्लाको हवाई उडान प्रभावित भएका छन् । 

मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने छ । शनिबारपछि भने विस्तारै मौसममा सुधार आउने मौसमविद्को अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*