सुरु भयो नियम विपरीत राखिएको होर्डिङ बोर्ड हटाउने कार्य 

हेटौडा न्युज
२७ मंसिर २०७६, शुक्रबार १८:५९
;

काठमाडौँ महानगरपालिकाले नियम विपरीत राखिएको  विज्ञापन हटाउने कार्य सुरु गरेको छ । गत मङ्गलबारदेखि महानगरले शहरलाइ कुरूप बनाउने गरी होर्डिङ बोर्ड तथा विज्ञापन राखिएको भन्दै हटाउन थालेको हो ।

नियम विपरीत राखिएको  विज्ञापन सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समय सम्ममा नहटाए पछि महानगर आफैले काम सुरु गरेको हो ।

यस अघि नै त्यस्ता होर्डिङ बोर्ड तथा विज्ञापन हटाउन महानगरले सम्बन्धित व्यक्ति वा संस्थालाई निर्देशन समेत दिएको थियो । सम्बन्धित व्यक्ति वा संस्थाले महानगरको निर्देशनलाई समेत बेवास्ता गर्दै आएका थिए ।

हाल महानगरले बानेश्वर, कोटेश्वर, माइतीघर, त्रिपुरेश्वर, लैनचौरलगायतका स्थानमा निकाल्ने कार्य भइरहेको र अब कलङ्की, सीतापाइला, बालाजु, कालीमाटीलगायतका स्थानमा राखिएका होर्डिङ बोर्ड हटाइने छ ।

महानगरले नियम विपरीत राखिएका होर्डिङ र्बोड हटाउनका लागि सम्बन्धित व्यक्ति र संस्थालाई अघिल्लो सोमबार नै सात दिनको समय दिइएको थियो । तोकिएको समयभित्र नहटाए कामपाले नै हटाउने र कारवाहीसँगै हटाएको ज्यालासहित सम्बन्धित पक्षले दिनुपर्नेछ ।

नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्न नपाइने, झ्याल–ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानसम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*