आठबिसकोट नगरपालिकाका अधिकृतमाथी खुकुरी प्रहार

हेटौडा न्युज
३ पुष २०७६, बिहीबार १७:४१
;

आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माथी हिजो राती खुकुरी प्रहार भएको छ ।

रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका अधिकृत रामबहादुर केसीमाथी कार्यालयको काम सकेर कोठातर्फ जाँदै गर्दा बाटोमा लुकेर बसेका सोही नगरपालिका–३ का गोपाल बिक र हरिस बिकले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

केसीको टाउकोमा गहिरो चोट लागेको छ । घटनामा सूचना अधिकारी गणेश चन्द पनि घाइते भएका छन् । कार्यालयको कामको विषयलाई लिएर केसीमाथि आक्रमण भएको बुझिएको छ ।  आक्रमणकारी फरार रहेको र खोजी कार्य भैइरहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नगरपालिका कर्मचारी र उपमेयर गीता नेपालीले बिज्ञपति जारी गर्दै दोषीलाई तत्काल कारबाहीको माग सहित उक्त घटनामा ३ न वडाका वडा अध्यक्ष केशरमान बिकको योजनामा भएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*