उदयपुरमा जीप दुर्घटना तीनको मृत्यु, ५ घाइते
उदयपुरको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बिहिबार बिहान ७ः३० बजे भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठ रहेका छन् ।
घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र तीन जना गम्भीर घाइतेलाई रेफर गरिएको छ ।