ट्रयाक्टरले ठक्कर दिदाँ तुलसीपुरमा एक छात्राको मृत्यु, १ घाइते
तुलसीपुरमा ट्रयाक्टरको ठक्करबाट एक स्कुले छात्राको मृत्यु भएको छ ।
दाङको तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत तुलसीपुर–७ शिवनगरकी १३ वर्षीया बालिका विजिता केसी रहेको मृत्यु भएको हो इलाका प्रहरी कार्यालय दतुलसीपुरले जनाएको छ ।
बिहीबार बिहान साढे ९ बजे स्कुल जाँदै गर्दा ट्रयाक्टरको ठक्करबाट बालिका गम्भीर घाइते भएकी विजिताको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा अर्की एक छात्रा १४ वर्षीया मनिषा ओली घाइते भएकी छिन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।











