अमेरिकामै लुकेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

हेटौडा न्युज
३ पुष २०७६, बिहीबार २१:२८
;

तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउमा परेको छ ।

पक्राउ पर्नेमा तत्कालीन सई उमेश सिलवाल रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार,  सिलवाल १० वर्षअघि भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका थिए । तालिम २०६७ साल फागुन ३० गतेदेखि चैत १८ गतेसम्म सञ्चालन भएको थियो । तर, उनी तालिम सकिएपछि पनि लुकेर अमेरिकामै बसे ।

उनलाई सशस्त्र प्रहरीको विशेष अदालतले २०७५ साल भदौ ३१ गते दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउपछि आइतबार उनलाई महान्यायधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*