हेटौंडाबाट लाइसेन्सका लागि ५१४ जनाले दिए लिखीत परिक्षा

हेटौंडाबाट सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सका लागि ५१४ जनाले लिखीत परिक्षा दिएका छन् । केहि दिन अगाडि अनलाइन मार्फत फारम भरेका ५२४ जना मध्ये ५१४ जना मात्र उपस्थित भएका थिए ।
जसमा समुह ए का लागि ३९८, बि का लागि ७, सी का लागि ४५ र के समुहका लागि ७५ जनाले अनलाइन फारम दर्ता गराएका थिए । लिखित परीक्षाको नतिजा भने भोली सम्ममा गरी सक्ने तयारी गरेको यातायात कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले बता्रएका छन् ।
थापाका अनुसार लिखित परीक्षा उतिर्ण भएकाहरुको प्रयोगात्मक परीक्षा शनिबार बिहानबाट हुनेछ । प्रयोगात्मक परीक्षा पास गर्नेहरुले आउदो ४ महिना भित्र लाइसेन्स प्राप्त गर्ने छन् ।
कार्यालयका अनुसार आज उपस्थित भएका परिक्षार्थीहरु मध्ये करिब ९० प्रतिशत मकवानपुर जिल्ला बाहिरका रहेका जनाएको छ ।
यातायात कार्यालय हेटौंडाले फारम दर्ता शुल्कबाट ३ लाख, १५ हजार रुपैया राजश्व संकलन गरेको जनाएको छ ।