घरघरमै जेष्ठ नागरिकलाई परिचयपत्र
भिमफेदी गाउँपालिकाको जेष्ठ नागरिकलाई परिचयपत्र वितरण कार्यलाई घरघरमा पुर्याएको छ । गाउँका सबै टोलमा पुग्न नसकेपनि वडाका केन्द्रमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने गरिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
गाउँपालिका भरीका वडामा पालै पालो संग जेष्ठ नागरिक परिचयपत्र वितरण गरिदै आएको बताउँदै अध्यक्ष हिदम लामाले भन्नुभयो–‘गाउँमै गएर जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गर्दै आएका छौ ।
जेष्ठ नागरिकहरु गाउँपालिका सम्म आइपुग्नका लागि पनि समस्या हुने र उनीहरुले पाउने सेवाका बारेमा समेत जानकारी दिने उदेश्यले यो अभियान गरिएको हो ।
परिचयपत्र पाउनु मात्र ठुलो कुरा होइन । प्राप्त गरिसकेपछी पाउने सेवा सुविधाका बारेमा विस्तृत रुपमा जानकारी दिएर मात्र आउने गरेका छौ ।’ परिचय पत्र प्राप्त गरिसकेपछी संघिय, प्रदेश र स्थानीय सरकारबाट जेष्ठ नागरिकले पाउने सेवा सुविधाका बारेमा जानकारी समेत दिने गरेको उहाँले बताउनुभयो ।