बाँकेमा महिला बन्दीको आन्दोलन, बन्दी गृहमै थुनिए चौकीदार

हेटौडा न्युज
४ पुष २०७६, शुक्रबार १८:५२
;

राम्रो खाना नदिएको भन्दै बाँके कारागारका महिला बन्दीले आन्दोलन सुरु गरेका छन् । महिला बन्दीहरुले चौकीदारलाई जेल प्रशासनसँग भेट्न नदिइ महिला बन्दी गृहमै थुनेर राखेका छन् ।  

 चौकीदारसँग भेट गर्न नदिएका कारण  के भएको हो भन्ने बारे आफु जानकार नरहेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए । यस विषयमा आफुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग छलफल गरिसकेको बताएका छन् । 

यस अघि कात्तिक १४ गतेपनि कारगारमा पुरुष बन्दीहरुले आन्दोलन गरेका थिए । सो आन्दोलनका कारण जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरा लगायतको सरुवा समेत भएको थियो । 

मंसिरको दोस्रो सातादेखि जेलर विहिन भएको बाँके कारागारमा प्रजिअ खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको बताएका छन् । खड्काका अनृुसार यो समस्या जेलर नभएका कारण आएको बताए । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*