स्वास्थ्य केन्द्रलाई विएनएमटीको माइक्रोस्कोप सहयोग 

हेटौडा न्युज
४ पुष २०७६, शुक्रबार २३:०२
;

हेटौंडा ७ कमानेको शहरी स्वास्थ्य केन्द्रलाई विएनएमटीले माइक्रोस्कोप हस्तान्तरण गरेको छ । मकवानपुर जिल्लामा क्षयरोग नियन्त्रणको कार्यक्रम गर्दै आएको संस्था विएनएमटीले आज एक कार्यक्रमका बिच हेटौंडा उपमहाँनगरपालिकाका प्रमुख मेयर हरिबहादुर महतको. हातबाट हेटौंडा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजन थापालाई माइक्रोस्कोप हस्तान्तरण गरेको हो । 

माइक्रोस्कोपबाट क्षयरोगका बिरामीको खकार परिक्षण गरिन्छ । विएनएमटीले क्षेयरोगको परिक्षण शहरी स्वास्थ्य केन्द्रबाट नै गर्नका लागि सहज होस भन्ने उदेश्यका साथ सहयोग गरेको हो ।

माइक्रोस्कोप हस्तान्तरण गर्दै मेयर महतले भने हेटौँडा उपमहानगरपालिका हेटौंडा को स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि लागिपरेको छ । यो दुई वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भइरहेको र यसका लागि सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समेत आग्रह गरे । 

 

यसमा तपाइको मत

Your email address will not be published.


*