बागलुङको टुटिफेदमा जिप दुर्घटना पाँच घाइते

हेटौडा न्युज
५ पुष २०७६, शनिबार १९:५५
;

बागलुङको टुटिफेदमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

शनिबार बिहान बागलुङको बडिगाड गाउँपालिकाको खर्वाङबाट सिसाखानीतर्फ  बिरामी लिएर जाँदैै गरेको लु १ च ७५१७ न को पिकअप जिप टुटिफेदमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीनसय मिटर तल खसेको थियो । 

घाइतेहरुलाई खर्वाङमा सामान्य उपचार पछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको अबस्था गम्भीर छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*