प्रदेश सरकारको ‘ड्रीम प्रोजेक्ट’ मकवानपुर सहित ८ स्थानमा हिल स्टेशन

हेटौडा न्युज
५ पुष २०७६, शनिबार २०:५६
;

प्रदेश ३ सरकारले ८ स्थानमा हिल स्टेशन बनाउँने तयारी गरेको छ । प्रदेश सरकारले पर्यटकीय क्षेत्र पहिचान र पर्यटन विकासको नयाँ परिकल्पना सहित हिल स्टेशनको काम सुरु गरेको हो ।

सरकारले घोषण गरेको भ्रमण वर्ष सन् २०२० र प्रदेश सरकारले घोषणा गरेको भ्रमण दशक सन् २०२०–२०३० अन्तर्गत हिल स्टेशन बनाउँन कार्यलाई ‘ड्रीम प्रोजेक्ट’को रुपमा लिएर काम गरीरहेको छ ।

प्रदेश सरकारले २० करोडको लागतमा यसै आर्थिक वषभित्र काम सक्ने लक्ष्य सहित तीन स्थानको ठेक्का सम्झौता गरीसकेको छ भने दुई स्थानको ठेक्का प्रक्रिया रहेको, तीन स्थानको डीपीआर अन्तिम चरणमा रहेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷७७ मा मकवानपुरको चित्लाङ, सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुवी भ्यालीलाई हिल स्टेसनको रूपमा विकास गर्न लागेको छ  । यता रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङमा भने रिले स्टेसन बनाउने छ ।

हिल स्टेसन ‘मल्टीप्रपोज’ हुने गरी निर्माण गर्न प्रदेश ३ को पर्यटन मन्त्रालयले डिजाइन तयार गरी काम गर्न सुरु भइसकेको कार्यालयले बताएको छ । 

पर्यटकहरुको लागि गर्मी छल्न जाने स्थानको रुपमा निर्मण हुने हिल स्टेशनमा बगैंचा, भ्यू टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट लगायतका भौतिक संरचना रहने छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*