१५ हजार घुस सहित नेपाल प्रहरीका सई पक्राउ

हेटौडा न्युज
५ पुष २०७६, शनिबार २१:१९
;

 नेपाल प्रहरीका एक सईलाई घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।

धनुषाको यज्ञभूमि प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक कालीचरण पञ्जियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले १५ हजार रुपैयाँ घुससहित धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट पक्राउ गरेको जनाएको छ ।

पंजियारलाई कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*