चार वर्षको छोरालाई अजिंगरले घिसारेर लग्दै गरेको देखेपछि…..

हेटौडा न्युज
६ पुष २०७६, आईतवार १८:१०
;

एक चार वर्षका बालकलाई १५ फुटको स्क्रब अजिंगरले घरको पछाडि रहेको जंगलमा घिसारेर लाने प्रयास गरेको डेलीमेलले बताएको छ ।  

क्लिफोर्ड थोम्पसनलाई गत हप्ता अजिंगरको खतरनाक आक्रमणपछि अस्पताल पुर्‍याइएको छ । उनलाई ठूलै चोट लागेको छ ।

उनका बुवा उत्तरी क्विन्सल्याण्डको एर्ली बीचस्थित नयाँ घरमा भर्खरै सरेका थिए । घटना हुँदा उनले हाउसवार्मिङ पार्टी होस्ट गरिरहेका थिए ।

""‘घरमा अन्य सदस्य पनि थिए । पुलमा अन्य ६ बालबालिका पनि थिएँ र हामीले उनीहरुमाथि निगरानी राखिरहेका थियौं,’ थोम्पसनले डेली मेल अष्ट्रेलियालाई बताए ।

‘त्यसपछि मैले घर पछाडिबाट बच्चा चिच्याएको सुनेँ । यताउती हेरेपछि एउटा अजिंगरले आफ्नो मुख मेरो छोराको खुट्टामा गाडिरहेको देखेँ ।’

 

उनका छोरा क्लिफोर्ड थम्पसनले अजिंगरले घिसारिरहेका बेला रेलिङ समातिरहेका थिए ।

""‘यदि म त्यहाँ नभएको भए अजिंगरले मेरो छोरालाई मारिसक्थ्यो ।’

थम्पसनका अनुसार उनी हतारहतार गएर अजिंगरलाई बेस्सरी टाउकोमा मुड्कीले हाने, त्यसपछि मात्र अजिंगरले उनको छोरालाई छोड्यो ।

""‘त्यसको केही सेकेन्डभित्रै अजिंगरले छोरालाई पुनः टोक्यो त्यसकारण मैले अजिंगरलाई घाँटीमा समातेँ र त्यसको मुख च्यातिदिएँ,’ उनले भने ।

जब अजिंगरले छोरालाई पुनः आक्रमण गर्यो तब उनले घरभित्रका मानिसलाई हतियार ल्याउ भनेर चिच्याए ।

""त्यसपछि उनका साथीले अजिंगरलाई हम्मरले हमला गरेर मारे ।

‘यदि त्यो अजिंगरले मेरो पहिलो मुक्कामा छोरालाई छोडिदिएको भए मैले त्यसलाई जान दिन्थेँ होला तर त्यो यत्ति धेरै रिसाएको थियो कि मेरो घरसम्म आइपुगेको त्यो अजिंगरलाई मैले छोडिनँ,’ उनले भने ।

""‘मेरी तीन वर्षीया छोरी पनि छिन् । हामी खुसी छौं कि यसले उसलाई छोएन ।’

लगभग पाँच मिनेटको संघर्षमा उनको छोराको खुट्टामा ठूलै चोट लागेको छ । अजिंगरले टोकेको ठाउँमा केही दाग पनि छन् ।

""शुक्रबार बिहान उनको घाउको शल्यक्रिया भएको छ । क्लिफोर्डलाई अहिले एन्टीबायोटिक्स दिइएको छ र चाँडै नै निको हुने आशा गरिएको छ ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*