डोजरले महिला हुत्याउने चालक थुनामुक्त

हेटौडा न्युज
६ पुष २०७६, आईतवार १९:१७
;

सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालक किशोर बोहरा थुनामुक्त भएका छन्। सडक निर्माणका क्रममा विवाद हुँदा बोहोराले चलाएको डोजर हुत्याउँदा एक महिला घाइते भएकी थिइन् ।

 बैतडीको दशरथचन्द नगरपालिका वडा नं–९ ग्वाल्लेकमा गत कार्तिक ४ गते भएको घटनाको भिडियो सार्वजनिक भएपछि बोहरामाथि ज्यान मार्ने मुद्दा दर्ता भएको थियो। 

मुद्दा दर्ता गरेपछि बोहरालाई पुर्पक्षका लागि जिल्ला अदालतले मंसिर १ गते कारागार चलान गरिए पछि जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले बोहरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उच्च अदालतको पौष ३ गतेको आदेश अनुसार बोहरालाई ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए । 

तिवारीले भने : बोहरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो तर  सो मुद्दाको टुंगो नलागेपछि उच्च अदालतको आदेश अनुसार धरौटीमा रिहा उनलाई रिहा गरेको हो।

यसअघि डोजर चलाउन उक्साउने आरोपमा पक्राउ परेका स्थानीय भोजराज जोशी र धर्मानन्द जोशी तथा डोजर मालिका भानीदत्त जोशी पनि ५०–५० हजार धरौटी बुझाएर रिहा भएका थिए । डोजरकाण्डपछि अहिले सो क्षेत्रमा सडक निर्माण कार्य पूर्णरुपमा रोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*