मकवानपुरमा भुकम्प पुननिर्माणको अन्तरक्रिया, ३ हजार ६ सय ४३ भूमिहीन, १४ हजार १ सय ३५ घर बने

हेटौडा न्युज
६ पुष २०७६, आईतवार २०:३६
;

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय हेटौंडाको आयोजनामा आज आइतबार हेटौंडामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भुकम्प पछिको पुननिर्माणको अवस्थाबारे जानकारी दिईएको थियो । 

२०७२ सालमा वैशाखमा गएको भुकम्पका कारण सबैभन्दा बढी क्षति भएको १४ जिल्ला मध्ये मकवानपुर पनि एक हो । मकवानपुरमा भुकम्पपछि १४ हजार १ सय ३५ घरहरु पुननिर्माण भएका छन् ।

३४ हजार ३ सय १९ भुकम्प पीडित लाभग्राहीमध्ये ४ हजार ८ सय १४ परिवारले मात्र घर निर्माण गरेको कार्यालयले जनाएको छ । 

२९ हजार ५ सय ५ भुकम्प पिडितले पहिलो किस्ताको रकम बुझेका छन् भने २३ हजार ४ सय ६६ परिवारले दोश्रो किस्ताको रकम लिइसकेका छन् । त्यस्तै, १८ हजार ६ सय परिवारले तेश्रो किस्ताको रकम समेत प्राप्त गरिसकेको कार्यालयले जनाएको छ ।

भुकम्प पुननिर्माग प्रधिकरणबाट खटिएका प्राविधिकहरु लाभग्राहि कहाँ पुग्नुअघि नै निर्माण भएका घरहरुको संख्या २३३ रहेको र ५५ जनाले भुक्तानी पाईसकेको कार्यक्रममार्फत जानकारी गराईएको छ ।

भुकम्पका कारण मकवानपुरमा ४ सय ९ विद्यालयका २ हजार ३ सय १० कक्षाकोठा पूर्णरुपमा क्षति भएका थिए भने १ हजार ४ सय ५४ आंशिक क्षति भएका थिए ।

विद्यालय व्यवस्थापन समितिमार्फत चालु आर्थिक वर्षको पहिलो चरणमा ६१ वटा निर्माण सम्पन्न भईसकेका छन् । जसमा २ कोठे भवन २५ वटा, ३ कोठे भवन १० वटा र ६५ वटा ४ कोठे भवन निर्माण भएको जनाइएको छ ।

कार्यालयका अनुसार दोश्रो चरणअन्तर्गत २३ वटा २ कोठे भवनमध्ये १ वटा सम्पन्न भएको छ भने ५ वटा ३ कोठे भवन र २३ वटा ४ कोठे भवन निर्माण गर्न बाँकी रहेको छ ।

उता संघ संस्थामार्फत ३२ वटा विद्यालय निर्माण गरिएको थियो । जसमा जाईकाको ऋण सहयोगमा बोलपत्रमार्फत ४२ वटा विद्यालयमध्ये १७ वटाको निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिएको कार्याक्रममा जानकारी दिइएको थियो ।

यता जिल्ला समन्वय समितिले भने  मकवानपुरमा भूमिहीनहरुको संख्या सबैभन्दा बढी  बकैया गाउँपालिकामा १ हजार ८ सय १९ जना र सबैभन्दा कम कैलाश गाउँपालिकामा  २ जना रहेको जनाएको छ ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकामा ४६६, थाहा नगरपालिकामा ४, ईन्द्रसरोवरमा ३, बागमतीमा २६२, भिमफेदीमा ६७, मकवानपुरगढीमा १८८, मनहरीमा ८०७ र राक्सिराङमा गाउँपालिकामा २५ जना गरी मकवानपुरमा भूमिहीनहरुको संख्या ३ हजार ६ सय ४३ रहेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*