गाउँपालिकाका अध्यक्ष राउतलाई पक्राउ गरी जेल चलान

हेटौडा न्युज
६ पुष २०७६, आईतवार २०:५४
;

सवारी ज्यान मुद्दामा बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत जेल चलान भएका छन् ।

आइतबार सवारी ज्यान मुद्दामा बारा प्रहरीले पक्राउ गरेको राउतलाई आइतबार नै जेल चलान गरिएको बाराका प्रहरी प्रमुख विकाशराज खनालले जानकारी दिए । उनलाई २९ दिनसम्मका लागि कारागार चलान गरिएको हो।

‘जिल्ला अदालत बाराले उहाँविरुद्ध २०६३ साल भदौ २९ गते सवारी ज्यानमुद्दामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको रहेछ,’ उनले भने, ‘त्यही मुद्दाको कैद भुत्तानका लागि आज नै कारागार चलान गरिएको हो।’
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*