योजना बनाईरहेको अवस्थामा विप्लव समूहका ५ जना पक्राउ

हेटौडा न्युज
६ पुष २०७६, आईतवार २२:२३
;

नेत्रविक्रम चन्द ‘विप्लव समूहका केन्द्रीय सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका केन्द्रीय सदस्य सन्दिप लामा, (शिशिर), केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यलय सचिव वकिल घर्तीमगर (खनिल), सोलुखुम्बु जिल्ला इन्चार्ज त्रिलोचन विक र उदयपुर जिल्ला सदस्य दुर्खाबहादुर तामाङ रहेका छन् ।

काठमाडौंको बुढानिलकण्ठसहितका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।  उनीहरुका साथबाट व्याट्री, तार र एकथान पेस्तोल र विभिन्न कागजात बरामद गरेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार उनीहरुलाई विभिन्न ठाउँमा बम विष्फोट गराउने तथा चन्दा उठाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*