तमु ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै प्रदर्शन

हेटौडा न्युज
६ पुष २०७६, आईतवार २३:३८
;

गुरुङ समुदायले तमु ल्होसारमा सार्वजनिक बिदा दिन माग गर्दै आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । 

सामाजिक विकास मन्त्रालय अगाडि मिलनचोकमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको नेतृत्वमा प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

तमु ल्होसार गुरुङ समुदायले आउदो पौष १५ गते मानाउछन् ।

जातीय भेषभुषामा एक हजार बढीको संख्यामा उपस्थित गुरुङ समुदायले मुख्य राजमार्गको पश्चिमतर्फ भुड्कीचोकदेखि मिलनचोकसम्म प्रदर्शन गरेका हुन् ।

ल्होसारमा सार्वजनिक बिदा दिनुपर्ने, धर्म निरपेक्ष राष्ट्रमा सांस्कृतिक विभेद अन्त्य गरिनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

सरकारले आदिवासी जनजातिका तमु ल्होसारसहित उधौली उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक विदा नदिएमा आदिवासी जनजाति महासंघको नेतृत्वमा सशक्त आन्दोलनमा उत्रिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*