बलात्कार अभियोग लागेका कृष्णदास महाराजलाई पुनः ३ दिनको म्याद थप

हेटौडा न्युज
७ पुष २०७६, सोमबार २३:३९
;

बलात्कार अभियोगमा पक्राउ परेका सुनसरी चतराका कृष्णदास महाराज भनिने कृष्णबहादुर गिरीलाई ३ दिनको म्याद थप गरेर प्रहरी निगरानीमा बस्ने भएका छन् ।

आफ्नै अनुयायीलाई करणी गरेको आरोप लागे पछि अस्पताल भर्ना भएका कृष्णदास प्रहरीको नियन्त्रणमा थिए । अदालतले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै प्रहरी निगरानीमा रहने गरी बिराट नर्सिङ होममै राख्न आदेश दिंदै आएको छ ।

उपचाररत अवस्थामै नियन्त्रणमा लिइएका कृष्णदासलाई प्रहरीले अदालतमा पेश गरेयता २१ दिनको समय अस्पतालको निगरानीमै बिताइसकेका छन् ।

अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ। प्रहरीले यसअघि थप गरिएको ७ दिन म्याद अगाडि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई दिए पनि पुनस् म्याद थप गरिएको थियो।  

गिरीलाई नं इजलासका न्यायाधीश सिमानन्द भुसालले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन्। गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्समार्फत अदालत ल्याइएको थियो ।

म्याद थपसँगै उनलाई फेरि बिराटनगर फर्काइएको छ। आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई नियन्त्रणमा लिइएको थियो।

पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाँचौं पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन् ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*