भ्रमण वर्ष २०२० को सफलताका लागि महाकाली–मेची पैदल यात्रा

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार ००:३४
;

हेटौंडामा नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि महाकाली–मेची पैदल यात्रामा निस्किएका २ यात्रीलाई स्वागत गरिएको छ ।

प्रगतिशिल लेखक संघकी अध्यक्ष शान्तिप्रिय बन्दनाको संयोजनमा हेटौंडा–१० टिसिएन रोडमा संचालित होटेल सूर्यान्सले पैदल यात्री सुरेश उप्रेती र खगेन्द्र कृष्ण निरौलालाई सोमबार हेटौंडामा स्वागत गरेको हो ।

""

कंचनपुरको गड्डा चौकीबाट गत मंसिर २० गते पैदल यात्रा सुरु गरेका उप्रेती र निरौला आज हेटौंडा आईपुगेका हुन् ।
नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि आफुहरु पैदल भ्रमणमा हिडेको उनिहरु बताउछन् । 

पैदल यात्रीलाई स्वागत गर्दै होटेल सूर्यान्सका संचालक निपु सर्राफले यो पैदल भ्रमणको सफलताको कामना गर्दै देशको लागि लगातार ३० दिनको पैदल भ्रमणमा निस्किनु सानो कुरा नभएको बताएका छन् ।

यस्तै, होटेल सुर्यान्सले पर्यटन वर्ष २०२० का लागि होटलको सातौ तलामा नौलो डिजाइनमा सूर्यान्स भ्यू रेस्टुरेन्ट समेत संचालन गर्ने तयारी गरेको बताएका छन् ।

""

सर्राफका अनुसार पर्यटकहरुका लागि यही डिसेम्बर ३१ देखि उक्त रेस्टुरेन्ट संचालनमा आउने समेत बताएका छन् ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका अजय अधिकारी, तुलसी रिजाल, सर्जक संघजाल मकवानपुरका संयोजक निमेष निखिल, वरिष्ठ साहित्यकार आर्सी रिजाललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*