मकवानपुर प्रहरीले फेला पार्यो १ लाख ९ हजार पर्ने मोबाईल

हराएको मोबाईल रौतहटको चन्द्रपुरबाट फेला पारी मकवानपुर प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका–५ बस्ने प्रकाश बानियाँको साम्सुङ नोट ९ मोबाईल मंगलबार बुझाएको हो ।
गत मंसिर २० गते मोबाईल हराएको भनी दिईएको निवेदनको आधारमा खोजतलास तथा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी जवान विवेक भुसाललाई खटाईएको थियो ।
१ लाख ९ हजार मूल्य पर्ने उक्त मोबाईल फेला पारी बानियाँलाई आज जिल्ला प्रहरी कार्यालयमा बोलाई बुझाईएको हो ।