नक्कली नोटको कारोबार गर्ने चार जना बंगलादेशी नागरिक पक्राउ 

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार २०:३६
;

नक्कली नोटको कारोबार गर्ने चार जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । पेप्सीकोलामा लुकिछिपी बसिरहेका उनीहरूलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजारका १८ थान नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुमन खान, बंगलादेश नेत्रकुनाका ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय मोहम्मद उल्लाह छन्।

सुमन मध्यपुर ठिमीमा र अन्य लोकन्थली बस्थे। स्थानीय लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेका उनीहरूमध्ये सुमनले 

उनको कोठामा तलासी लिँदा अन्य नोट पनि फेला परेको परिसरले जनाएको छ । शनिबार राति पक्राउ परेका बंगलादेशी नागरिकलाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published.


*